तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालकर्मी भण्डारी सम्मानित

धनगढी । यस वर्षको यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट रेडियो नेपालकर्मी मुकुन्द भण्डारी सम्मानित हुनुभएको छ । कैलाली जनपुस्तकालयले हरेक वर्ष प्रदान गर्ने प्रतिभा पुरस्कार यस वर्ष भण्डारीलाई प्रदान गरिएको हो ।

आज (शनिबार) धनगढीमा आयोजित एक समारोहबीच भण्डारीलाई सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी एन जोशीले नगद १० हजार र सम्मान पत्रसहित पुरस्कार प्रदान गर्नुभएको हो ।

डोटेली भाषा र संस्कृतिमा योगदान पुर्‍याएको भन्दै भण्डारीलाई सम्मान गरिएको जनपुस्तकालयले जनाएको छ । यो पुरस्कार सुदूरपश्चिमका वरिष्ठ साहित्यकार यज्ञराज यात्रीले स्थापना गर्नुभएको हो ।

भण्डारी २४ वर्षदेखि निरन्तर सञ्चार कर्ममा सक्रिय हुनुहुन्छ । उहाँ लगायतले रेडियो नेपालमा डोटेली भाषाको समाचार र कार्यक्रम प्रसारणको सुरुवात गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button