तपाईँ सुन्दै हुनुहुन्छः

चार जनालाई ‘नइ पुरस्कार’ प्रदान गरिने

काठमाडौँ । नइ प्रकाशनले विभिन्न क्षेत्रमा योगदान पुर्‍याए बापत चार जनालाई २०७९ सालको ‘नइ पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईँको अध्यक्षतामा आज बसेको बैठकले जनचेतनाको संवर्द्धनका लागि नेपाली भाषाका माध्यमबाट अभिनय, नाटक, सिर्जना र हास्यव्यङ्ग्यका क्षेत्रमा विशिष्ट योगदान दिएबापत शैलेन्द्र सिम्खडालाई साठी हजार रुपियाँ राशिको ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी राजधानी बाहिर बसेर नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि योगदान पुर्‍याएबापत झापाकी रीमा पाण्डे ‘मिनी’लाई पचास हजार रुपियाँ राशिको ‘नइ बुलु शर्मा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

प्राध्यापन, अनुसन्धान तथा सिर्जनाद्वारा नेपाली भाषा साहित्यको विकासमा प्रशंसनीय कार्य गरेबापत डा.साधना प्रतीक्षालाई पचास हजार रुपियाँ राशिको ‘नइ देरुनीख गौरव पुरस्कार’ प्रदान गरिने भएको छ ।

समाज सेवामा समर्पित एवम् साहित्य, कला र संस्कृतिको संवर्द्धन हेतु क्रियाशील मिस नेवा नितु डङ्गोललाई पच्चीस हजार रुपियाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गरिने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button