तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशमा १३ गतेदेखि दादुरा–रुवेलाको खोप अभियान सञ्चालन हुँदै

विराटनगर । दादुरा–रुवेला निवारणका लागि कोशी प्रदेशमा खोप अभियान सञ्चालन हुदैछ   । दक्षिणपूर्वी एसियाबाट सन् २०२६ सम्ममा दादुरा–रुवेला निवारण गर्ने लक्ष्य अनुसार  राष्ट्रव्यापी अभियान अन्तर्गत कोशी प्रदेशमा फागुन १३ देखि चैत ३ गते सम्म खोप अभियान सञ्चालन हुन लागेको हो । 

प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले अभियानको बारेमा विराटनगरमा आज आयोजित सञ्चारकर्मी सँगको अभिमुखीकरण कार्यक्रममा सो जानकारी गराएको हो ।

राष्ट्रिय अभियान फागुन १३ देखि चैत ७ गते सम्म भएपनि कोशी प्रदेशमा चैत ३ गते भित्रमा लक्षित जनसङ्ख्यालाई खोप लगाई सक्नेगरि तयारी गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । 

अभियान अन्तर्गत कोशी प्रदेशका ९ महिना देखि १५ वर्ष सम्मका ८ लाख ९३ हजार ९३४ जनालाई खोप लगाइने निर्देशक  बस्नेतले बताउनुभयो ।

फागुन १३ गते कोशी प्रदेशका भोजपुर, तेहृथुम, मोरङ र उदयपुरमा अभियानको शुभारम्भ हुने भएको छ । अन्य १० जिल्लाले फागुन १६ देखि २७ गते सम्ममा अभियान शुरुगरि चैत ३ गते भित्रमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

स्वास्थ्य निर्देशनालयका खोप अधिकृत उदय श्रेष्ठले कोशी प्रदेशमा ९ महिना देखि ५९ महिना सम्मको जनसङ्ख्या ३ लाख ६४ हजार ७०६ र ५ वर्ष देखि १५ वर्षको जनसङ्ख्या ५ लाख २९ हजार २२८ रहेको बताउनुभयो ।

उहाँले लक्षित जनसङ्ख्याको सबैभन्दा बढी झापा, मोरङ र सुनसरीमा खोप लगाउनुपर्ने  बताउनुभयो । उहाँका अनुसार मोरङका लक्षित जनसङ्ख्याको ३१ प्रतिशत, झापा र सुनसरीमा २६–२६ प्रतिशत रहेको छ । 

खोप सञ्चालनका लागि प्रदेशभरका ८ हजार ३६६ खोप केन्द्रमा १२ हजार ६१८ स्वास्थ्यकर्मी परिचालन गर्ने गरि तयारी गरिएको सो कार्यक्रममा जानकारी गराइयो । विद्यालयलाई लक्षित गर्दै खोप केन्द्र सञ्चालनमा आउने छ । विद्यालय बाहिर रहेको बालबालिकाले पनि विद्यालयमा रहेको खोप केन्द्रमा खोप लगाउने व्यवस्था मिलाइको निर्देशक बस्नेतले बताउनुभयो । 

अभियान सञ्चालन भएपनि गतवर्ष मोरङ र सुनसरी जिल्लामा ८४ जनामा दादरा रुवेला देखिएको थियो । यो वषै मोरङको सनवर्सी नगरपालिका र जहदा गाउँपालिकामा दादुरा रुवेला देखिएकोको सो अवसरमा जानकारी गराइएको थियो । 

डव्लुएचओ की डाक्टर करिश्मा गुरुङले दादुरा रुवेला विरुद्धको खोप डव्लुएचओ को मान्यता प्राप्त खोप भएकाले तोकिएका उमेर समूहका बालबालिकालाई निर्धक्क भएर खोप लगाउन आग्रह गर्नुभयो खोप लगाउँदा कसै कसैलाई ज्वरो आउनु सामान्य कुरा भएको उहाँको भनाई छ ।

यसअघि नेपालले सन् २०१९ र पछि सन् २०२३ मा निवारणको लक्ष्य लिएपनि सम्भव नभएपछि सन् २०२६ लाई निर्धारण गरिएको हो 

 सन् २०२२ – २०२३ मा नेपालको धेरै जिल्लाहरूमा दादुरा रुबेलाका बिरामी देखा परि महामारी फैलिएपछि २०२६ लाई लक्ष्य निर्धारण गरिएको हो ।

दादुरा रुवेला निवारणका लागि दादुरा खोपको दुवै (पहिलो र दोस्रो ) मात्राको प्रगति सबै तहमा ९५ प्रतिशत भन्दा धेरै भएको हुनुपर्ने आधार र सर्तहरू रहेको छ । 

प्रति १ लाख जनसङ्ख्यामा वार्षिक कम्तीमा २ जना शङ्कास्पद बिरामीको पहिचान भई प्रयोगशाला परिक्षणमा दादुरा नेगेटिभ भएको हुनुपर्ने, दादुरा रुवेला निवारण गर्न परिभाषित भौगोलिक क्षेत्रमा कम्तीमा १२ महिना सम्म स्थानीय दादुरा रुबेलाका रोगी देखा नपरेको हुनुपर्ने र ३ वर्ष सम्म सोही अवस्था कायम भएमा दादुरा– रुवेलाको अवस्था शुन्य भएको मानिन्छ । 

पर्सी आइतबार विराटनगर महानगरपालिका वार्ड न १५ स्थित जनविकास उच्च माविबाट यो अभियानको शुभारम्भ हुने जनाइएको छ । प्रदेश स्वास्थ्य मन्त्रीले बिहान साढे दश बजे अभियानको शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button