तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस महासमिति बैठक : पहिचानको आन्दोलनको विषय उठान

ललितपुर । नेपाली कांग्रेस महासमिति बैठकमा पार्टीका कोशी प्रदेशका जिल्ला सभापतिहरूले कोशी प्रदेशमा भएको पहिचानको आन्दोलनको विषयको उठान गर्नुभएको छ ।       

कांग्रेस धनकुटाका सभापति दिनेश राईले कोशीमा प्रदेशको नामकरण विषय पेचिलो बनिरहँदा कांग्रेस नेतृत्वले चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । “हामीले कोशीमा खुलेर राजनीतिक गतिविधि गर्न सकिरहेका छैनौँ । कार्यक्रम समेत गर्न सकिएको छैन”, उहाँले भन्नुभयो । 

कोशीको पहिचानको विषयमा महासमिति बैठकले निर्णय दिन नसके पार्टीका १४ जिल्लाका सभापति मिलेर समाधानको उपाय खोज्ने सभापति राईको भनाइ थियो । 

कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले गठबन्धन गर्ने विषयको कुरा उठान गर्नुभयो ।  “आफ्नो मान्छे परे गठबन्धन ठिक, नपरे बेठीक भन्ने परिपाटीको कहिले अन्त्य हुन्छ रु”, उहाँले  प्रश्न गर्नुभयो । कोशीमा काँग्रेसले गठबन्धन गर्दा पार्टीलाई के घाटा भयो भन्दै नेतृत्वलाई प्रश्न गर्नुभयो ।

कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले महासमिति बैठकको निर्णय पार्टीको केन्द्रीय समितिले उल्टाउन नपाउने बताउनुभयो । पार्टीको क्रियाशील सदस्यता वितरण गर्ने अधिकार जिल्ला नेतृत्वलाई दिनुपर्ने उहाँको माग थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button