तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन फागुन १८ गते बस्दै

दाङ । लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक फागुन १८ गते दिउँसो ३ बजे बस्ने भएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले दोस्रो लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरे अनुसार प्रदेशसभाको बैठक बस्न थालेको हो ।

प्रदेश सचिव दुर्लभकुमार पुन मगरले प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम १ बमोजिम प्रदेशसभा सदस्यहरुको जानकारीको लागि सूचना प्रकाशित गरिएको बताउनु भयो । 

दोस्रो प्रदेशसभाले एक वर्ष समय पुरा गरिसकेको छ । एक वर्षको अवधिमा दुईवटा अधिवेशन पूरा भएका छन् । दुईवटा अधिवेशनमा ३५ वटा बैठक सम्पन्न भए । ५७ घण्टा ३३ मिनेट छलफल हुँदा प्रदेशसभाले एउटा मूल विधेयक मात्रै बनाउन सकेको छ । मुल विधेयक एकवटा, साल बसाली विधेयक दुईवटा, संशोधन विधेयक एक गरी जम्मा चारवटा विधेयक पारित भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button