तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाललाई राससको उत्कृष्ट सेवाग्राही सम्मान 

काठमाडौँ । राष्ट्रिय समाचार समितिले रेडियो नेपाललाई सम्मान गरेको छ ।

राससले आफ्नो ६३ औँ वार्षिकोत्सवको अवसरमा रेडियो नेपाललाई उत्कृष्ट सेवाग्राहीको रुपमा प्रशंसापत्रसहित सम्मान गरेको हो ।

भद्रकालीस्थित राससको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीलाई सो प्रशंसापत्र प्रदान गर्नुभयो ।

त्यस्तै, मन्त्री शर्माले राससको सेवाग्राही मध्येबाट रेडियो नेपालसँगै रातोपाटी अनलाइन र प्रतीक दैनिक (वीरन्गज)लाई पनि सम्मान प्रदान गर्नुभयो ।

देश तथा विदेशका सञ्चार माध्यमलाई समाचार दिने एक सहयोगी संस्थाका रुपमा विसं २०१८ सालमा स्थापना भएको रासस आज ६३ वर्ष प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा राससले उत्कृष्ट पत्रकार तथा कर्मचारीलाई पुरस्कार र उत्कृष्ट सेवाग्राहीलाई सम्मान गरेको हो । 

समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुबेदी, मन्त्रालयका उच्च पदस्थ अधिकारी, रासस सञ्चालक समिति सदस्यलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button