तपाईँ सुन्दै हुनुहुन्छः

गोरखामा ‘अफ्रिकन स्वाइन फिभर’ का कारण १५ बङ्गुर मरे

गोरखा । गोरखा नगरपालिकामा देखिएको ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमणबाट १५ वटा बङ्गुर मरेका छन् । 

गोरखा नगरपालिको वडा नम्बर ५ र ९ मा देखिएको सङ्क्रमणका कारण हालसम्म ठुला साना गरी १५ वटा बङ्गुर मरेको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र गोरखाका सूचना अधिकारी टिकाबहादुर नेपालीले बताउनुभयो । 

गोरखा नगरपालिका–५ तथा ९ को लक्ष्मी बजारमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण उक्त सङ्ख्यामा बङ्गुर मरेको हो । “दुई स्थानमा गरी अहिलेसम्म ठुला साना गरी १५ वटा मरेका छन्”, सूचना अधिकारी नेपालीले भन्नुभयो, “जिल्लामा पहिलो पटक दुई हप्ता अगाडी लक्ष्मी बजारको पिपलबोट क्षेत्रमा याे रोग देखिएको थियो ।”

दुई हप्ताको बीचमा दुई स्थानमा देखिएको सङ्क्रमणमा परी बङ्गुर १५ वटा मरेका हुन । लक्ष्मी बजार क्षेत्रको बङ्गुरको ल्याब परीक्षणपछि संक्रमण पुष्टि भएको थियो भने वडा नम्बर ५ को भने किट टेष्टमा पोजेटिभ देखिएको सूचना अधिकारी नेपालीले जानकारी दिनुभयो ।

सुँगुर, बङ्गुर तथा बँदेलमा लाग्ने यो रोगको निगरानीकै क्रममा गोरखासहित कास्की, तनहुँ र लमजुङमा सङ्क्रमण पुष्टि भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराले जनाएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button