तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश स्तरीय भलिबल प्रतियोगिता सुरु 

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिकामा चौथो प्रकाश थापा स्मृति कप प्रदेश स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । 

सहिदभुमीको वडा नम्बर एक घंघरुमा सुरु भएको सो प्रतियोगितामा कोशी प्रदेशका नौ पालिकाको सहभागिता रहेको छ। प्रतियोगिता अन्तरगत बिहीबार ४ खेल भएका छन्। 

जसअन्तर्गत भएको पहिलो खेलमा आयोजक ए लाई २५–१८ र २५–१४ को सेटमा हराउँदै हतुवागढी गाउँपालिका भोजपुर विजयी भएको छ। यस्तै दोस्रो खेलमा आयोजक बी लाई १५–२५, १३–२५ ले हराउँदै दमक नगरपालिका झापा विजयी भएको छ। यता भोजपुरको षडानन्द नगरपालिका र दमक नगरपालिका बीच भएको तेस्रो खेलमा २५–१९, १८–२५ र १४–२५ को सेटमा दमक नगरपालिका विजयी भएको छ । 

यस्तै बेलबारी नगरपालिका मोरङ र टेम्केमैयुङ गाउँपालिका भोजपुर बीच भएको चौथो खेलमा १८–२५, २५–१९ र २५–२२ को सेटमा बेलबारी नगरपालिका विजयी भएको छ । 

प्रतियोगिता अन्तरगत शुक्रबार पहिलो चरण सभापोखरी गाउँपालिका सङ्खुवासभा र महालक्ष्मी नगरपालिका धनकुटाबीच खेल हुने र त्यसपछि क्वाटरफाइनलका खेल हुने सहिद प्रकाश थापा स्मृति ट्रष्टका सचिव अर्जुन थापाले जानकारी दिनुभयो। फागुन पाँच गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलिले उपाधि सहित नगद एक लाख एक्काइस हजार एक सय एक्काइस रुपैयाँ हात पार्नेछ भने उपबिजेता टोलिले ६५ हजार रुपैयाँ हात पार्नेछ ।

यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ हात पार्नेछन्। २०५७ सालमा तत्कालीन माओवादीसँगको कालिकोटमा भएको भिडन्तमा मृत्यु भएका प्रहरी नायब निरीक्षक प्रकाश थापाको संम्झानामा २०७६ सालबाट ट्रस स्थापना गरि प्रतियोगिता हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button