तपाईँ सुन्दै हुनुहुन्छः

महिला-महिला (लेस्बियन) विवाहलाई पहिलोपटक कानुनी मान्यता

नेपालगन्ज । नेपालमा समलिङ्गी (लेस्बियन) विवाहलाई कानुनी मान्यता दिइएको छ । बर्दियामा मुलुकमै पहिलोपटक महिला–महिलाको विवाह दर्ता भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. २ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो ।

पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बाँके कोहलपुर नगरपालिका वडा नं. ५ बस्ने सुप्रिता गुरुङ र बढैयाताल वडा नं. २ निवासी अन्जुदेवी श्रेष्ठ (दीप्ति) को जोडीले कानुनरूपीमा विवाह दर्ताको प्रमाणपत्र लिनुभएको छ । स्थानीय पञ्जीकाधिकारी एवं वडा सचिव दीपक नेपालीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्राविधिक शाखाबाट दिएको जानकारी अनुसार विवाह दर्ता गरिएको बताउनुभयो । ‘दर्ता गर्ने र प्रमाणपत्रमा अस्थायी विवाह दर्ता लेखेर जारी गर्न पञ्जीकरण विभागको प्राविधिक शाखाबाट जानकारी आयोनेपालीले भन्नुभयो– ‘समलिङ्गी महिलाको विवाह दर्ता भएको यो पहिलो हो ।’

उहाँहरूले विवाह दर्ताका लागि ४ माघमा वडा कार्यालयमा निवेदन दिनुभएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीले पञ्जीकरण विभागमा ‘समलिङ्गी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा आवश्यक राय तथा निर्देशन उपलब्ध गराइदिनु हुन’ भनी पत्र पठाउनुभएको थियो ।

सर्वोच्च अदालतले १२ असारमा दिएको आदेश र विभागको पत्र अनुसार यसअघि लमजुङको दोर्दी गाउँपालिकाले दक्षिण एसियामै पहिलोपटक माया गुरुङ र सुरेन्द्र पाण्डेलाई विवाह दर्ताको प्रमाणपत्र दिएको थियो । माया र सुरेन्द्र जन्मँदा दुवै छोरा तथा दीप्ति र सुप्रिता दुवै छोरी हुनुहुन्छ । दुवै जोडी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्या समुदायका हुन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button