तपाईँ सुन्दै हुनुहुन्छः

विश्व रेडियो दिवसको शुभकामना !

बुद्धि बहादुर के . सी. कार्यकारी निर्देशक, रेडियो नेपाल 

विश्व रेडियो दिवसको अवसरमा सबै रेडियोप्रेमी समुदायमा हार्दिक शुभकामनासहित रेडियाहरूको उत्तरोत्तर प्रगति र सम्मृद्धिको कामना गर्दछु।

विश्व रेडियो दिवस (Word Radio Day) को यस वर्षको नारा Radio: A century in forming, entertaining and educating at af ले पनि रेडियोहरूको विगतको गर्विलो इतिहास, वर्तमानको सान्दर्भिकता र भविष्यको प्रतिबद्धतालाई दृष्टि«गत गरी रेडियोले  सय वर्ष अघि देखि आजसम्म निरन्तर सूचना, समाचार दिने, मनोरञ्जन प्रदान गर्ने र शिक्षाप्रद विषयवस्तु प्रसार गर्ने कार्यलाई जारी राखेको सन्देशलाई इङ्गित गरेको छ ।

२१ औँ शताब्दीसम्म आइपुग्दा रेडियोहरूले समयानुकूल डिजिटल प्रविधि र सान्दर्भिक विषयवस्तु अनि चाख लाग्‌दो प्रस्तुति मार्फत आफ्नो भूमिका र प्रभावकारितालाई स्थापित गर्दै आएका छन्। यसैले त शताब्दी अघि देखिको सञ्चारमाध्यम रेडियो आज पर्यन्त भरपर्दो र विश्वासिलो बन्न सकेको हो। न्यारोकास्टिङ, ब्रोडकास्टिङ हुँदै पोडकास्टिङ, डिजिटल, अनलाइन रेडियो पछिल्लो समयमा विकसित रेडियोका आधुनिक रूपहरू हुन । जसले वर्तमानमा पनि सार्वजनिक वा व्यावसायिक वा सामुदायिक रेडियोहरू मार्फत समाज रूपान्तरण र जनचेतना फैलाउने कामदेखि सङ्कटका बेला, विपद्का बेला, महामारीका बेला साथै अन्य प्राकृतिक प्रकोपका बेला समेत सूचना सन्देश प्रवाहमा उत्तिकै भूमि‌का खेलेका छन्।

हाम्रो देशमा पनि सन १९५१ देखि नै प्रसारण क्षेत्रको जननीका रूपमा रेडियो नेपालले जनचेतनाको लहर ल्याउन तथा सूचना र स्वास्थ्य मनोरञ्जन प्रदान गर्न अनि विपद् र महामारीका बेला अग्रस्थानमा रहेर सार्वजनिक दायित्व पूरा गर्दै आएको छ। समयक्रम सँगै सन् १९९० को दशक र त्यसपछि नेपाल भित्र स्वतन्त्ररुपमा  स्थापना भएका एफएम रेडियोहरूले समाज जागरण र जनचेतना अभिवृद्धिमा उत्तिकै भूमिका खेलका छन् । 

विश्व रेडियो दिवसका अवसरमा Radio: A century informing, entertaining and educating को नारालाई व्यवहारमा निरन्तरता दिन सबै रेडियोकर्मीले विषयवस्तुको विविधता, प्रसारण पहुँच र स्वस्थ प्रतिस्पर्धाद्वारा समझदारी, समन्वय सहकार्य र सहयात्रा गर्न सिकौं।  रेडियोहरूले समाजको सकारात्मक परिवर्तनतर्फ थप टेवा , योगदान दिन सकुन्, यही अपेक्षा गर्दछु।  धन्यवाद ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button