तपाईँ सुन्दै हुनुहुन्छः

२०.२७ प्रतिशत जनसङ्ख्या अझै गरिबीको रेखामुनि

काठमाडौँ । नेपालमा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २०.२७ प्रतिशत रहेको देखिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमवार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो प्रतिवेदनले गरिबीको दर शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी रहेको देखाएको छ ।

प्रतिवेदनले शहरी क्षेत्रको गरिबी १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रको गरिबी २४.६६ प्रतिशत रहेको देखाएको छ । यस सर्वेक्षणमा गरिबीको रेखाको मापदण्डलाई अघिल्लो भन्दा अद्यावधिक गरिएको कारणले अघिल्लो सर्वेक्षणसँग प्रत्यक्ष रुपमा तुलना गर्न नमिल्ने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाउको छ ।

मुलुक संघीय शासन प्रणालीमा गएपछि प्रदेशसहितको विवरण सङ्कलन गरी तयार पारिएको प्रतिवेदनले सबै भन्दा बढी गरिबीको जनसङ्ख्या रहेको प्रदेशको रुपमा सुदूरपश्चिम रहेको छ भने भने गरिबी कम रहेको प्रदेशमा गण्डकी देखिएको छ ।

नेपाल जीवनस्तर सर्वेक्षण चौथो प्रतिवेदन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठले सोमबार काठमाडौँमा आयोजित कार्यक्रमबीच सार्वजनिक गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button