तपाईँ सुन्दै हुनुहुन्छः

कालिन्चोकको टापुमा फेसन रनवे

दोलखा । दोलखा जिल्लामा पर्ने तीन हजार आठ सय ४२ मिटर उँचाइको कालिन्चोकमा पहिलो पटक ‘कालिन्चोक फेसन रनवे– २०२४’ आयोजना गरिएको छ ।

कालिन्चोक टापुमा आयोजना गरिएको फेसन रनवेमा सहभागी मोडलहरू पहिलो पटक उचाइमा आयोजना भएको कार्यक्रममा सहभागी हुन पाउँदा खुशी देखिएका थिए ।

ब्राईट इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको ‘कालिन्चोक फेसन रनवे– २०२४’ मा चर्चित मोडलहरू दिक्पाल कार्की, प्रिया रानी लामा, आरसु महर्जन, अपेक्षा शेरचन लगायत ३० जनाको सहभागिता रहेको थियो ।

धार्मिक महत्व एवं प्राकृतिक सुन्दरताको टापुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘कालिन्चोक फेसन रनवे– २०२४’ आयोजना गरिएको ब्राईट इभेन्ट म्यानेजमेन्टका अध्यक्ष राजन बुढाथोकीले बताए ।

फेसन रनवेको समयमा हिमपात नभए पनि केही दिन अघि भएको हिमपातले कालिन्चोकको टापु आसपास हिउँ देखिएको थियो ।

अध्यक्ष बुढाथोकीले प्राकृतिक सुन्दरताको कालिन्चोक टापुमा यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button