तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी । मोरङको विराटनगर महानगरपालिका– ५ बरगाछि चोकस्थितमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

आज बिहान साढे ९ बजे कंचनबारीबाट बरगाछीतर्फ आउँदै गरेको बा.प्र ३–००१ ख १४११ नम्बरको ट्रकले बाटो काट्ने क्रममा को.३६प २८८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक दुहबी नगरपालिका– ९ सुनसरीका २५ बर्षीय नगेन चौधरीलाई उपचारको लागि कोशी अस्पताल विराटनगर पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । 

मोटरसाईकलमा पछाडि सवार १६ बर्षीय सोस्था चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । 

ठक्कर दिने ट्रक चालक चितवनका ४१ बर्षीय शेर बहादुर राई समेत घाइते भई उपचारको लागि विराट नर्सिङ होम पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button