तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिया  राष्ट्रिय निकुञ्ज व्यवस्थापनसँग रेडियो नेपालको छलफल

बर्दिया । बर्दियाको बर्दिया  राष्ट्रिय निकुञ्जमा निकुञ्ज व्यवस्थापन तथा सरोकारवालाहरूसँग आन्तरिक पर्यटन प्रवर्द्धनबारे रेडियो नेपालसँग छलफल कार्यक्रम सम्पन्न भएको छ।

छलफल कार्यक्रममा बोल्दै बर्दिया राष्ट्रिय निकुञ्ज निमित्त प्रमुख  संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले गत वर्ष पुष मसान्तसम्म करिब ६ हजार नेपाली पर्यटकले निकुञ्ज अवलोकन गरे भने यस वर्ष पुससम्म ८ हजारले अवलोकन गरी सकेको बताउनुभयो । साथै गत वर्ष बाहिरी पर्यटक २  हजार ६ सय थियो भने यस वर्ष तीन हजार पर्यटक भित्रिएको वाग्लेले बताउनुभयो । गत वर्ष पुष मसान्तसम्म १ करोड ११ लाख  राजस्व सङ्कलन भएको र यस वर्ष करिब १ करोड ८३ लाख सङ्कलन भएको वाग्लेले बताउनुभयो ।

पर्यटकको सङ्ख्या वृद्धि भएको बताउँदै पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण भट्टराइले लगानीको हिसाबले पर्यटकको सङ्ख्या अझै कम रहेका बताउनुभयो । बर्दिया राष्ट्रिय निकुञ्जले विश्वमा नै हामीलाई चिनाउन सफल भएको छ। कतिपय पर्यटक निकुञ्जभित्र प्रदेश नगरेरपनी बाहिर बाटै घुमेर जाने गरेको बताउँदै सङ्ख्याको हिसाबले आन्तरिक पर्यटक मात्रै  करिब ३० हजारले घुमेर गएको भट्टराईको भनाइ छ।

होटल एसोसियसन नेपाल बर्दियाका अध्यक्ष मोहन लाल चौधरीले पर्यटन प्रवर्द्धनमा खासै सुधार नभएको बताउनुभयो । आन्तरिक पर्यटन बढे पनि बाह्रिय पर्यटन चाहे अरूप भित्रिन नसकेको उहाँले बताउनुभयो । पछिल्लो अवस्थामा आर्थिक मन्दीले पनि असर पारेको चौधरीले बताउनु भयो । निकुञ्जका कतिपय समस्या राष्ट्रिय स्तरबाट सम्बोधन हुनु पर्ने धारणा उहाँको थियो । 

पर्यटन प्रवर्द्धन गर्नका लागी मुख्य समस्या ट्रान्सपोर्ट  यातायात रहेको सहभागीले बताउनुभयो । मुख्यतः निकुञ्जसम्म आउन पर्यटकलाई सुविधाजनक यातायातको व्यवस्था नरहेको र यसका साथै निकुञ्ज भित्र सहुलियत दरमा टिकटको व्यवस्था हुनु पर्नेमा जोड दिनुभयो ।

निकुञ्ज आसपासको सांस्कृतिक मौलिकता पनि विशिष्ट भएको र थारु जातिको बस्ती, रहनसहन, संस्कृति खानपिनले पनि पर्यटक लोभ्याउन सक्नुका साथै  आन्तरिक पर्यटक भएर यहाँ भ्रमण गर्नेहरूले जीप वा पैदल जङ्गल सफारी, फिसिङ, र्याफ्टिङ, हात्ती शयर, क्याम्पिङ, सङ्ग्रहालय भ्रमणजस्ता विविध पर्यटकीय गतिविधि गर्न  सकिने सरोकारवालाहरूको भनाइ रहेको छ। 

आफ्नो धारणा राख्दै विगत भन्दा आजको अवस्थासम्म आई पुग्दा केही पर्यटक गतिविधि भएता पनि वन्यजन्तु मानव समुदायबीच हुने द्वन्द्व व्यवस्थापन  कार्य केही भए पनि  सुधार भइरहेको मध्यक्षेत्र व्यवस्थापन समितिका हेमन्त प्रसाद आचार्यले बताउनु भयो । केही कानुनी  बाधा अड्चनका बीच अझै धेरै काम गर्न बाँकी रहेको र कार्यविधि बनाएर नै अघि बढ्नुपर्ने आचार्यले बताउनु भयो ।

ढाकुरबाबा नगर पालिकाका नगर प्रमुख तिलकराम लम्सालका अनुसार निकुञ्जले स्थानीय समुदायमा अप्रत्यक्ष तर महत्वपूर्ण योगदान दिइरहेको बताउनु भयो ।  विद्यमान केही समस्यालाई समाधान गर्न जरुरी रहेको लम्सालले बताउनुभयो । पर्यटक गतिविधि बढाउनका निमित्त स्थानीय सरकारले निकुञ्ज, होटल व्यवसायीका साथै सरोकारवालाहरूसँग सहकार्य गरी सक्दो प्रयास गरिराखेको लम्सालले बताउनुभयो ।

रेडियो नेपालका मुकुन्द भण्डारीले सहजीकरण गर्नु भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष भावुक योगी , स्थानीय सरोकारवालाका साथै पत्रकारहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button