तपाईँ सुन्दै हुनुहुन्छः

सरकार सुशासनको अभियानमा विश्राम लिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

बर्दिबास । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको अभियानमा विश्राम नलिने बताउनुभएको छ । 

महोत्तरीको बर्दिबासमा आज आधारशीलाको २१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको अभियानमा जनताको समर्थन रहेकोले सरकार नरोकिने बताउनुभयो ।

“सरकार सुशासनको अभियानमा विश्राम लिँदैन । तर आज एउटा भोलि अर्को ल्याइदेओस् भनेर गर्न नि मिल्दैन । अनुसन्धान गर्नु परो नि त । केही समय लाग्छ । सरकारले खट्टा कमाउँदैन । सरकारले सुशासनको अभियान जारी राख्छ ।”, उहाँले भन्नुभयो ।

उहाँले भ्रष्टाचारलाई प्रभावकारी ढंगले नियन्त्रण गरेर सुशासन स्थापित नगरेसम्म विकास र समृद्धिको कुरा कुरामै सीमित हुने खतरा रहेको बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले सामाजिक रुपान्तरणको गति सुस्त भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आर्थिक विकास र समृद्धिको यात्राको प्रक्रिया अत्यन्तै धिमा भयो । त्यसले जनतामा एक प्रकारको निराशा र वितृष्णा पैदा हुने स्थिति बन्न खोजिरहेको छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button