तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : मस्यौदा समितिको प्रतिवेदन स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभा नियमावली २०७५ को संशोधन मस्यौदा प्रतिवेदन, २०८० माथि विचार गरियोस्’ भनी ‘राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आले मगरले प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको  छ  । 

त्यस्तै, अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८० लाई सर्वसम्मतिले स्वीकृत गरेको  छ  । 

त्यसैगरी, बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले  सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० सभासमक्ष पेश गर्नुभयो । 

आजको राष्ट्रियसभाको बैठकले नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

राष्ट्रियसभाको अर्को बैठक माघ २८ गते आइतबार दिउसो १ः०० बजेर १ मिनेटमा बस्नेछ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button