तपाईँ सुन्दै हुनुहुन्छः

गाँस, बास र कपास जस्तै शिक्षा पनि अनिवार्य : प्रदेश प्रमुख जोशी

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले अहिलेको अवस्थामा गाँस, बास र कपास जस्तै शिक्षा पनि अनिवार्य भएको बताउनुभएको छ ।

सोमबार टीकापुर बहुमुखी क्याम्पसको २२ औँ वार्षिकोत्सव कार्यक्रमलाई टीकापुरमा सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले शिक्षा विनाको समाजको कल्पना पनि गर्न नसकिने भएकाले सरकारले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो ।

अहिले युवा तथा विद्यार्थीहरू विदेश पलायन भइरहेकाले तिनीहरूलाई स्वदेशमै रोक्ने शिक्षाको आवश्यकता रहेको बताउँदै उहाँले देशको शिक्षा नीतिमा परिवर्तन गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।

अबको आवश्यकता सैद्धान्तिक शिक्षा भन्दा व्यवहारिक शिक्षा भएकाले अबको शिक्षा नीति बनाउँदा स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button