तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीय सरकारबाट नबाहिरिने जनमत पार्टीको निर्णय

काठमाडौँ। जनमत पार्टीले तत्काल सङ्घीय सरकारबाट नबाहिरिने निर्णय गरेको छ । समसामयिक राजनीतिबारे छलफल गर्न आइतवार बसेको जनमत पार्टीको सचिवालय बैठकले सङ्घीय मन्त्रालयबाट मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ ।

मधेस प्रदेश सरकारबाट बाहिरिएसँगै जनमत सङ्घीय सरकारबाट बाहिरिने हल्ला चलिरहेको बेला जनमत पार्टीको यस्तो निर्णय आएको हो । बैठकले जनताको कामलाई सशक्त रुपमा अगाडि बढाउने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिनुभयो ।

प्रवक्ता यादवका अनुसार आइतवारको बैठकमा पार्टीको अबको कार्यदिशा कस्तो हुन्छ भन्नेबारे पार्टी अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ । जसमा देशको समग्र राजनीतिक प्रणाली तथा शासकीय स्वरुपको बारेमा प्रस्ताव छ । त्यसैगरी बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवसमा राजधानीमा बृहत आमसभा गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button