तपाईँ सुन्दै हुनुहुन्छः

कानुन सबैका लागि बराबर हो : महामन्त्री थापा

चितवन।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन सबैका लागि बराबर हुने बताउनुभएको छ । 

नागरिक संवाद कार्यक्रमका क्रममा यहाँ आइपुग्नुभएका उहाँले नारायणी नदी किनारमा सम्बोधन गर्दै कानुनभन्दा माथि कोही पनि नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “कानुन सबैका निम्ति बराबर हुन्छ ।” कानुनको शासनमा सबैको सम्मान हुनुपर्ने उहाँको भनाइ थियो ।

महामन्त्री थापाले आगामी बजेट, निर्वाचन प्रणाली, स्वास्थ्य, शिक्षा, विकासलगायत विषयमा नागरिकको धारणा नागरिक संवादमार्फत बुझिरहेको बताउनुभयो । जनताको भावनाअनुसार कांग्रेसले काम गर्न अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल र क्षेत्रीय सभापति भरत लामिछानेले अभियानका विविध पक्षबारे मन्तव्य व्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button