तपाईँ सुन्दै हुनुहुन्छः

एमाले संसदीय दलको बैठक जारी 

काठमाडौँ I नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । 

संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको बैठकमा भोलिबाट सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने, दलको भूमिका कस्तो रहने लगायतका विषयमा सांसदहरूबिच छलफल भइरहेको एमाले संसदीय दलका सचेतक महेश कुमार बर्तौलाले जानकारी दिनुभयो ।  

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउने विषयमा पनि प्रशिक्षण दिनुहुने छ । 

पाटीको भूमिका बढाउन र समसामयिक परिस्थितिबारे छलफल गर्न पूर्व महान्यायाधिवक्ता, पूर्व मन्त्री, पूर्व सांसद लगायतले आफ्ना विषय बैठकमा प्रस्तुत गर्ने र सांसदहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको नेकपा एमाले संसदीय दलका सचेतक बर्तौलाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button