तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा बाक्लो हिमपात र वर्षा 

रोल्पा । रोल्पामा यतिखेर लामो हिउँदे खडेरीपछि जलजलालगायत आसपासका भू–भागसहित अन्य भू–भागमा बिहानैदेखि बाक्लो हिमपातसँगै वर्षा भइरहेको छ ।

खासगरी उच्च लेकाली भेगमा हिउँदमा पानी परेपछि हिउँ पर्ने गर्दछ । थबाङ गाउँपालिकाको धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र जलजलाको पुरै भू–भाग ,शुनछहरि गाउँपालिका, परिवर्तन गाउँपालिका , गङ्गादेव गाउँपालिका , रोल्पा नगरपालिका र रून्टीगढी गाउँपालिकामा वर्षेनी हिउँ पर्ने गर्दछ ।

हिउँ परेसँगै यहाँ हिउँमा रमाउन स्थानीय तथा बाह्य पर्यटकहरू  हिउँ परेको ठाउँहरूमा चहलपहल बढ्ने अनुमान गरिएको छ । लामो हिउँदे खडेरीपछि वर्षा र हिउँ पर्दा किसानलाई राहत भएको छ । खडेरीबाट खाद्यान्नका बालीबोट, गहुँ ,जहु सुक्दै जान थालेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button