तपाईँ सुन्दै हुनुहुन्छः

मानिसको चौतर्फी विकासमा खेलले भूमिका खेल्छ : राज्यमन्त्री श्रीपाली

अर्घाखाँची । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले खेलको माध्यमबाट जिल्लालाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउन सहयोग पुग्ने बताउनुभएको छ ।

अर्घाखाँचीको सन्धि खर्कमा आजबाट सुरु भएको १३ औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै राज्यमन्त्री श्रीपालीले खेलबाट मानिसको चौतर्फी विकासमा सहयोग पुग्ने भएकाले राज्यले खेल क्षेत्रको विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । अर्घाखाँचीमा खेलको विकास गर्न प्रशस्त सम्भावना रहेकाले खेल पर्यटनमा समेत टेवा पुग्ने उहाँको भनाइ थियो ।

खेलकुदले मानिसको शारीरिक, मानसिक तथा सामाजिक विकास गर्दै देश तथा विदेशमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले खेलकुदमा लाग्न सबैलाई उहाँले आग्रह समेत गर्नुभयो ।

सन्धिखर्कको टुँडिखेलमा माघ १४ बाट सुरु भएको खेल १६ गतेसम्म चल्ने खेलकुद विकास समितिका अध्यक्ष विष्णु क्षेत्रीले जानकारी दिनुभयो । जिल्लाका छ वटै पालिकाबाट विभिन्न विधामा करिब एक सय खेलाडीको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button