तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा गठबन्धनका दुवै उम्मेदवार विजयी 

जनकपुरधाम । मधेश प्रदेशबाट राष्ट्रियसभा सदस्य पदमा सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी हुनु भएको छ । नेपाली काँग्रेसका तर्फबाट अन्य समूहबाट आनन्द प्रसाद ढुङ्गाना तथा महिला समूहबाट जनता समाजवादी पार्टीका उम्मेदवार पूँजा चौधरी निर्वाचित हुनु भएको छ । 

अन्य समूहबाट गठबन्धनबाट निर्वाचित हुनु भएका नेपाली काँग्रेसका आनन्द प्रसाद ढुङ्गानाले ७ हजार ३ सय ७० मतभार ल्याएर विजयी हुनु भएको छ भने गठबन्धनकै तर्फबाट महिला समूहको राष्ट्रिय सभा सदस्य पदमा जनता समाजवादी पार्टी नेपालका पूँजा चौधरीले ७ हजार ९ ७०  मतभार सहित विजयी हुनु भएको छ । 

यसै गरि नेकपा एमालेका तर्फबाट अन्य समूहमा उम्मेदवार रहनु भएका कुमारी विजेता झाले २ हजार ४ सय ८४ मतभार ल्याउनु भएको छ भने सोही पार्टी महिला समूहका उषा देवी थरुनीले २ हजार ४ सय ४६ मतभार ल्याउनु भएको छ । 

गठबन्धन दलमा विद्रोह गरेर अन्यमा उम्मेदवारी दिनु भएका जनमत पार्टीका रामशंकर महासेठले ८ सय १८ मतभार ल्याउनु भएको छ । 

मधेश प्रदेशमा सम्पन्न भएको राष्ट्रिय सभाका सदस्य पदको महिला समूहमा प्रदेश सभाका ५ र स्थानीय तहका २ वटा मत बदर भएको भने अन्य १ वटा पालिकाको मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button