तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा निर्वाचन : बागमतीमा मतदान सकियो, पाँच अनुपस्थित

मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान प्रक्रिया सकिएको छ । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा आज भएको मतदान प्रक्रिया सकिएको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले बताउनुभयो । 

यहाँ पाँच जनाले मतदान नगरेको मुख्य निर्वाचन अधिकृत सञ्जेलले  बताउनुभयो । प्रदेशसभा सदस्य दुई र स्थानीय तहका तीन जनाले मतदान नगरेको उहाँले बताउनुभयो । 

स्थानीय तहतर्फ काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, काभ्रेको चाैँरीदेउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर तामाङ र नुवाकोटका किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङले मतदान नगर्नुभएको हो । यसैगरी हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्यद्धय शैलेन्द्रमान बज्राचार्य र सरिता खड्गी पनि मतदानमा अनुपस्थित हुनुभयो ।  बागमती प्रदेशमा चार सिटका लागि छ दलका १५ जनाको उम्मेदवारी रहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button