तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा पाटे बाघ मृत फेला

टीकापुर, कैलाली । कैलालीमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । जानकी गाउँपालिका नम्बर ९ स्थित अमरावती सामुदायिक उपभोक्ता समूहको वनभित्र बाघ मृत अवस्थामा फेला परेको हो ।

स्थानीयका अनुसार शिकारीले थापेको  पासोमा परेर मृत्यु भएको अवस्थामा बाघ फेला परेको छ । मोटरसाइकलको ब्रेकको तारको शिकारीले थापेको पासोमा परि बाघ मरेको भेट्टाइएको वडा नम्बर ९ का वडाध्यक्ष खकेन्द्र भण्डारीले जानकारी दिनुभयो । 

पहिले ब्रेकको तारमा परी त्यसलाई चुटाएर जाँदा अर्को घेराबारका लागि लगाएको काडेतारमा बेरिएर मरेको अवस्थामा बाघ भेट्टाइएको अध्यक्ष भण्डारीले बताउनु भयो । स्थानीयले खबर गरेपछि जिल्ला वन र प्रहरीको टोली घटनास्थल पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button