तपाईँ सुन्दै हुनुहुन्छः

इथियोपियामा ३५ लाख मानिस विस्थापित

आदिस अबाबा। इथियोपियामा करिब ३५ लाख मानिस विस्थापित भएका छन् । ती विस्थापितमध्ये आधाभन्दा बढी द्वन्द्वका कारण विस्थापित भएको संयुक्त राष्ट्रसंघीय निकायको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन को नयाँ प्रतिवेदनले उल्लेख गरेको छ ।

आईओएमले शुक्रबार जारी गरेको इथियोपिया राष्ट्रिय विस्थापन प्रतिवेदनले इथियोपियामा द्वन्द्वका अतिरिक्त १२ क्षेत्रहरूमा कुल ३५ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएको जनाएको छ ।

संयुक्त राष्ट्रसंघ एजेन्सीले पूर्वी अफ्रिकी देश एक पटक पुनः गम्भीर मानवीय सङ्कटमा पर्ने चेतावनी दिएको छ । इथियोपियामा मानवीय सङ्कट, मुख्यतया बाढी र खडेरी, सशस्त्र द्वन्द्व, रोगको प्रकोप साथै आर्थिक सङ्कटले निम्त्याउने गरेको पाइन्छ ।

त्यसैगरी विश्वभर अत्यावश्यक वस्तुको बढ्दो मूल्य, मुद्रास्फीति र स्थानीय मुद्राको निरन्तर अवमूल्यनका बीच यी जटिलताले विस्थापन, खाद्य असुरक्षा, कुपोषण, रोगको प्रकोप र बढ्दो सुरक्षा चिन्ता थपेको राष्ट्रसंघ एजेन्सीले जनाएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button