तपाईँ सुन्दै हुनुहुन्छः

इन्डोनेसियामा कराओकेमा आगलागी हुँदा ६ जनाको मृत्यु, ९ जना घाइते

जकार्ता। इन्डोनेसियाको मध्य जाभा प्रान्तको तेगल शहरमा रहेको तीन तले कराओके लाउन्जमा सोमबार बिहान भएको आगलागीमा ६ जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन् ।

शहर प्रहरीले जनाए अनुसार स्थानीय समय बिहान ८ बजे आगलागी भएको र दुईवटा दमकल र एउटा क्रेन ट्रकसहितको दमकल तत्काल घटनास्थलमा पठाइएको छ ।

यसैबीच, शहरको स्वास्थ्य एजेन्सीका प्रमुख जेनल अबिदिनले १५ जनालाई बाहिर निकालेर नजिकैको अस्पतालमा ल्याइएको बताउनु भएको छ ।विषाक्त ग्यासको धुवाँबाट ६ जनाको मृत्यु भएको र घाइते ९ जनाको अस्पतालमा सघन उपचार भइरहेको उहाँले बताउनुभयो ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button