तपाईँ सुन्दै हुनुहुन्छः

रुसको वार्षिक मुद्रास्फीति दर सन् २०२३ को अन्त्यसम्म ७.४२ प्रतिशत

सेन्ट पिटर्सबर्ग । रूसको वार्षिक मुद्रास्फीति दर सन् २०२३ को अन्त्य सम्म ७.४२ प्रतिशत रहेको संघीय राज्य तथ्याङ्क सेवा (रोस्टेट) ले शुक्रबार जनाएको छ।

रुसमा वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा ७.४२ प्रतिशतमा झरेको छ जुन अघिल्लो महिना ७.४८ प्रतिशत थियो ।
मुद्रास्फीतिको स्तर केन्द्रीय बैंकको ७.०-७.५ प्रतिशत प्रक्षेपणसँग मिल्दोजुल्दो थियो तर लक्ष्य भणे ४ प्रतिशतभन्दा माथि थियो।
बैंक अफ रसियाले यसअघि मौद्रिक नीतिको अडानलाई ध्यानमा राख्दै देशको वार्षिक मुद्रास्फीति सन् २०२४ मा ४.०-४.५ प्रतिशतमा झर्ने र थप ४ प्रतिशतको नजिक स्थिर हुने बताएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button