तपाईँ सुन्दै हुनुहुन्छः

छैठौँ राष्ट्रपति रनिङसील्ड प्रतियोगितामा जनजागृति मावि जुगार प्रथम

रोल्पा I रोल्पाको त्रिवेणी गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय छैठौँ राष्ट्रपति रनिङसील्ड प्रतियोगितामा जनजागृति माध्यमिक विद्यालय जुगारमा सहभागी १२ वटा माध्यमिक विद्यालयलाई पराजित गर्दै ३७ पदक प्राप्त गरी प्रथम भएको छ ।

अरनिको माध्यमिक विद्यालय नुवागाउ ११ पदक लिएर दोस्रो स्थान ल्याउन सफल भयो भने जनकल्यान माध्यामिक विद्यालय सिम्पानी ५ पदक लिएर तेस्रो स्थान ल्याउन सफल भएको छ ।

छैठौ राष्ट्रपति रनिङसील्ड प्रतियोगिता यही पुस महिनाको  २३ गते देखि २६ गतेसम्म सञ्चालन भएको थियो महिला पुरुष भलिबल, फुटबल, लामो तथा छोटो दौड, कपर्दी, सर्ट फुट, कुर्सी दौड,घैटाफोर प्रतियोगिता लगायतका खेलहरूमा विद्यार्थीले उत्साह पूर्वक सहभागिता जनाएका थिए  ।

त्रिवेणी गाउँपालिका उपाध्यक्ष लेखमणि डागी, प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराई, वडा अध्यक्ष कृष्ण के सी, शिक्षा शाखा प्रमुख लिला कुमारी घर्ती लगायतले विजेता विद्यालय र विद्यार्थीलाई पुरस्कार वितरण गर्नुभएको थियो  ।

त्यस अवसरमा मार्चपासमा वीरेन्द्र माध्यमिक विद्यालय गाङ प्रथम भयो साथै  अनुशासनमा सिद्धरत्न माध्यमिक विद्यालय हन्जबाङ प्रथम भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button