तपाईँ सुन्दै हुनुहुन्छः

नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आजदेखि टीकापुरमा

टीकापुर कैलाली । नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आजदेखि टीकापुरमा सुरु हुदैछ । आजदेखि सुरु हुने महाधिवेशन पुस २८ गतेसम्म चल्नेछ ।

महाधिवेशनमा देशभरबाट १ लाख ५० हजार नागरिकको सहभागिता रहने र त्यसमा ८ हजार प्रतिनिधि रहने पार्टीले जनाएको छ । महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको पार्टीका संरक्षक रेशमलाल चौधरीले जानकारी दिनुभयो । अधिवेशनको आज दिउँसो उद्घाटन हुने र आज रातीदेखि बन्द सत्र सुरु हुने आर्थिक व्यवस्थापन संयोजक तथा सांसद गंगाराम चौधरीले जानकारी दिनुभयो ।

अधिवेशन व्यवस्थापनका लागि विभिन्न २३ वटा उपसमिति मार्फत काम भइरहेको र उद्घाटन कार्यक्रममा सहभागी हुन आउने पार्टीका नेता कार्यकर्ता र पाहुनाहरू टीकापुर पुग्ने क्रम जारी रहेको सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री तथा मेस सञ्चालन समिति संयोजक रामेश्वर चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button