तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीबाट १ हजार ६ किलो लागूऔषध गाँजासहित एक जना पक्राउ

सप्तरी । सप्तरीबाट बालुवाभित्र राखेर तस्करी गर्न लागेको १ हजार ६ किलो लागू औषध गाँजा बरामद भएको छ ।

जिल्लाको खडक नगरपालिका ७ स्थित कल्याणपुरबाट टिपरमा लोड गरिएको बालुवाले छोपेर ल्याउने क्रममा गाँजा बरामद भएको प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले आज जिल्ला प्रहरी कार्यालय राजविराजमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । 

उहाँका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ५८३१ नम्बरको टिपरबाट शुक्रवार राति गाँजा बरामद भएको हो।

प्रहरीले गाँजासहित टिपर चालक धनकुटाको शहिदभूमी गाउँपालिका ४ बस्ने ३२ वर्षका विशेष राईलाई पक्राउ गरेको छ । गाँजासहित पक्राउ परेका राईको साथबाट रु १ लाख नगद र २ दुई वटा मोबाइल समेत बरामद भएको र अन्य अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक बज्राचार्यले बताउनुभयो ।

उहाँको अनुसार भारती बजारमा यसको मुल्य करिब ४ करोडभन्दा बढी हुने अनुमान रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button