तपाईँ सुन्दै हुनुहुन्छः

मारापी ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाको मिनाङ्काबाउ विमानस्थल बन्द

जकार्ता। इन्डोनेसियाको पश्चिमी सुमात्रा प्रान्तमा रहेको मिनाङ्काबाउ अन्तरराष्ट्रिय विमानस्थल शुक्रबार अस्थायी रूपमा बन्द गरिएको छ । मारापी क्षेत्रमा ज्वालामुखी विस्फोटपछि उक्त निर्णय लिइएको बताइएको छ ।

“यस निर्णयबाट असुविधा हुनसक्छ तर सबैको सुरक्षा मुख्य प्राथमिकता हो, र आशा छ अवस्था चाँडै सुधार हुनेछ,” यातायात मन्त्रालयको हवाई यातायातका महानिर्देशक क्रिस्टी एन्डाह मुर्नीले उल्लेख गर्नु भएको छ ।

उहाँले ज्वालामुखीको खरानीले इन्जिनलाई हानि पुर्यामउन सक्छ र उडानमा खतरामा पार्न सक्ने बताउनु भएको छ । विमानस्थल बन्दका कारण २९ वटा उडान पुनः सार्नुपरेको थियो ।

यही ३ डिसेम्बरमा मारापी ज्वालामुखी विस्फोट हुँदा २३ जना पर्वतारोहीको मृत्यु भएको थियो भने ५२ जना घाइते भएका थिए ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button