तपाईँ सुन्दै हुनुहुन्छः

इरान बम विष्फोट : ९५ जनाको मृत्यु, सय भन्दा बढी घाइते

काठमाडौं। इरानी जनरल कासिम सुलेमानीको चौथो वार्षिक स्मृतिमा आयोजित कार्यक्रममा भेला भएका मानिसहरुका बीच दुई बम बिष्फोट हुँदा ९५ जनाको मृत्यु भएको छ ।

सुलेमानीको अमेरिकाले सन् २०२० मा ड्रोन आक्रमण गरी हत्या गरेको थियो । सुलेमानीको चिहान नजिकै भएको विष्फोटमा ठूलो मानवीय क्षति भएको हो । केरमान सहरको साहेब अल-जमान मस्जिद नजिकैको जुलुसमा विस्फोट भएको थियो ।

घटनामा सय भन्दा बढी घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको बताइएको छ । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । तर आतंकवादीले विष्फोट गराएको आशंका गरिएको छ ।

घटनास्थलको अवस्था भयावह देखिनुका साथै एम्बुलेन्सहरु दौडिरहेको दृश्य सार्वजनिक भएका छन् । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले आतंकवादी आक्रमणलाई कठोर जवाफ दिइने प्रतिवद्धता जनाउनु भएको छ । यो घटनालाई ४२ वर्षमा इरानमा भएको सबैभन्दा घातक आक्रमणका रुपमा हेरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button