तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा समिति बैठक: शिक्षा विधेयकमाथि सरोकारवालसँग परामर्श सुरु

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सरोकारवालाहरूसँग परामर्श सुरु गरेको छ । 

सरोकारवालाहरूसँग विधेयकमाथि छलफल गर्न आज सिंहदरबारमा बसेको समितिको बैठकमा नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरले नेपाल शिक्षक महासङ्घसँग सरकारले गरेको सहमतिका बुँदाहरू विधेयकमा समेटिनुपर्नेमा जोड दिनुभयो । 

महासङ्घका महासचिव लक्ष्मी किशोर सुवेदीले शिक्षा विद्यालय तहको शिक्षाको अधिकार सम्पूर्ण रूपमा स्थानीय तहमा दिन नहुने, शिक्षकको पदपूर्ति  शिक्षक सेवा आयोगले गर्नुपर्ने, शिक्षकहरूको सेवा सुविधा निजामती कर्मचारीसरह गरिनुपर्ने र विद्यालय व्यवस्थापन समितिमा अभिभावकको बाहुल्यता हुनुपर्ने लगायतका व्यवस्था हुने गरी विधेयक संशोधन गर्न सुझाव दिनुभयो ।

बैठकमा सांसदहरूले विधेयकमा बालबालिका लागि गुणस्तरीय शिक्षा कसरी दिनेभन्दा पनि शिक्षकका सवाल बढी आएकाले संशोधन आवश्यक रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button