तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक : सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनबारे छलफल

काठमाडौँ । नेपाली काँग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनबारे छलफल भएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकको पहिलो दिन आज स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो मन्त्रालयले गरेका कामकारबाहीबारे जानकारी गराउनुभएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिनुभयो । 

आजको बैठकमा मन्त्री बस्नेत सहित १८ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राख्नुभएको र भोली बस्ने अर्को बैठक बाँकी मन्त्रीहरूले आ–आफ्ना मन्त्रालयको कार्य प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको नेता खतिवडाले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो । 

बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको प्रस्ताव पेस गर्नुभएको पार्टीको साङ्गठनिक गतिविधि, महासमितिको तयारी, मेलमिलाप दिवसको तयारी, समुदायमा कांग्रेस कार्यक्रम,  पार्टीका नेताहरूले सम्हालेका मन्त्रालयहरुको  कार्य सम्पादनमाथि छलफल भइरहेको छ ।  

यस्तै बैठकमा आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौटका विषयमा समेत छलफल भएको र अधिकांश वक्ताहरूले पार्टीमा अवसर नपाएका पुराना नेताहरू र सम्भावना बोकेका युवा नेताहरूको प्रतिनिधित्व हुने गरी उम्मेदवार छनौट हुनुपर्ने धारणा राख्नुभएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य खतिवडाले जानकारी दिनुभयो । 

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक भोली बिहान ११ बजे बस्ने नेपाली काँग्रेसले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button