तपाईँ सुन्दै हुनुहुन्छः

आसामको नागाँउमा आगलागी, लाखौँको सम्पत्ति नष्ट

आसाम । बुधवार बिहान आसामको नागाउँ जिल्लाको बटाद्रावासको बजारमा आगलागी भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट लाखौँ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । 

आगलागी प्रहरी, दमकल र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीले धेरै जसो पसल तथा व्यापारिक प्रतिष्ठानमा क्षति पुगेको जनाइएको छ । 

घटनामा मानवीय क्षति नभएको बताउँदै आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button