तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशनबारे छलफल हुने कार्यसूची रहेको छ । 

आजदेखि तीन दिनसम्म चल्ने बैठकमा केन्द्रिय कमिटीका सदस्यहरुले दिएको सुझाव अनुसार नयाँ विधानको मस्यौदा तयार गर्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । 

एकीकृत समाजवादीले नयाँ मस्यौदा गरिएको विधान पारित गर्न आगामी माघ १४ र १५ गते काठमाडौँमा केन्द्रिय परिषद् बैठक पनि बोलाएको छ । 

केन्द्रिय परिषदबाट पारित विधान अनुसार आगामी जेठ ३ देखि ७ सम्म राष्ट्रिय महाधिवेशन गर्ने नेकपा एकीकृत समाजवादीले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button