तपाईँ सुन्दै हुनुहुन्छः

बालुवाटारमा समाजवादी मोर्चाको बैठक

काठमाडौं। समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चार दलीय समाजवादी मोर्चाको बैठक अहिले बसिरहेको छ ।

केही बेरअघि सुरू भएको बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरु सहभागी छन् ।बैठकमा सरकारको एक वर्षको समीक्षाका आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको बताईएको छ ।

साथै समाजवादी मोर्चाको संरचना विस्तार आगामी कार्ययोजना बारे छलफल भइरहेको बताइएको छ । पछिल्लो समय निष्क्रिय रहेको मोर्चालाई क्रियाशील तुल्याउन घटक दलहरू सक्रिय भएका छन् ।

गत असारमा गठन भएको मोर्चाले यसअघि सातै प्रदेशमा सभा आयोजना गरेर मोर्चा गठनको औचित्य बताइसकेको छ । मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button