तपाईँ सुन्दै हुनुहुन्छः

‘लावतीले देखाएको बाटो पाँचथरे जनताले पछ्याउनुपर्छ’

पाँचथर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले पूर्व मन्त्री स्वर्गीय पद्म सुन्दर लावतीले देखाएको बाटोलाई पाँचथरे जनताले पछ्याउनुपर्ने बताउनुभएको छ ।

पाँचथरका विकासप्रेमी नेता भनेर चिनिने स्वर्गीय लावतीको शालिक अनावरण गर्न पाँचथर आइपुग्नुभएका खापुङले लावतीले योगदान पुर्‍याएका शिक्षा, सडक, स्वास्थ्य तथा विद्युत् क्षेत्रलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

शालिक अनावरणको अवसरमा १० लाख रुपैयाँको पद्म सुन्दर लावती प्रतिष्ठान कोषको घोषणा गरिएको छ । प्रतिष्ठानले आगामी दिनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वस्त रहेको खापुङले बताउनुभयो ।

कार्यक्रममा विभिन्न जातजातिको झाँकी प्रदर्शन, सहयोगीहरूलाई प्रशंसा पत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button