तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुरमा ४८ बोरा प्याज बरामद

टीकापुर, कैलाली । प्रहरीले टीकापुरबाट ४८ बोरा प्याजसहित अन्य सामानहरू बरामद गरेको छ । आज बिहान करिब साढे ६ बजेतिर टीकापुर नगरपालिका वडा नम्बर ४ मौरेनियाबाट उक्त समान बरामद गरेको प्रहरीले जनाएको छ । 

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले उक्त सामान बरामद गरिएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो । 

प्याजसहित श्यामल सुर्ती ६० पोका, चकलेट ३ पेटी, बिँडी २२० पोका, खुर्सानी ३ बोरा, पोलिथिन ३५ पोका र भे २ स २३८८ नम्बरको अटोरिक्सासहित मौरनियाँका २२ वर्षीय नेमिस चौधरिलाई पनि पक्राउ गरिएको छ ।  पक्राउ परेको अटो रिक्सासहित सामान करिब ७ लाख रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button