तपाईँ सुन्दै हुनुहुन्छः

चिसोका कारण किर्गिजस्तानका विद्यालयमा अनलाइन पढाइ

बिश्केक । अत्यधिक चिसोका कारण किर्गिस्तानका सबै विद्यालयहरू डिसेम्बर १३ देखि १५ सम्म अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन् ।

किर्गिजस्तानको हाइड्रोमेटियोरोलोजी एजेन्सीका अनुसार देशका केही क्षेत्रहरूमा तापक्रम माइनस ३५ डिग्री सेल्सियसमा झर्ने अनुमान गरिएको छ।

यसैगरी किर्गिस्तानको पहाडी क्षेत्रमा हिमपातका कारण हिमपहिरोको सम्भावना उच्च रहेको जनाइएको छ । 

यातायात मन्त्रालयले वर्षाका कारण केही पहाडी सडक र नाका आवतजावत गर्न बन्द गरेको जनाएको छ । यहाँका सडकहरू हिउँले सेताम्य भएका छन् ।रासस-सिन्ह्वा 

प्रतिक्रिया राख्नुहोस्

Back to top button