तपाईँ सुन्दै हुनुहुन्छः

ओर्बानसँग युक्रेनी इयु सदस्यता अवरुद्ध गर्ने कुनै कारण छैन– जेलेन्स्की

ओस्लो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँग किएभलाई युरोपेली युनियन (इयु) मा सामेल हुनबाट रोक्न ‘कुनै कारण’ नभएको बताउनुभएको छ । उहाँले बुधबार इयुको शिखर सम्मेलनको पूर्वसन्ध्यामा सो कुरा बताउनुभएको हो ।

“मैले उहाँसँग इयुमा युक्रेन सामेल हुन नपर्ने एउटा कारण बताउन अनुरोध गरेँ, तीन होइन, पाँच होइन, १० होइन मलाई एउटा कारण बताउनुहोस्”, जेलन्स्कीले ओर्बानसँगको कुराकानीका बारेमा ओस्लोमा पत्रकारहरूसँग भन्नुभयो, “मैले जवाफको प्रतीक्षा गरिरहेको छु ।” ओस्लोमा उहाँले पाँच नर्डिक नेताहरूसँग भेटवार्ता गर्नुभयो । 

इयुका नेताहरू बिहीबारदेखि ब्रसेल्समा हुनुहुनेछ र युक्रेनका लागि इयुको समर्थनलाई नवीकरण गर्ने विषयमा छलफल गर्नुहुनेछ । नेताहरूले युक्रेनलाई ५० अर्ब युरोको बृहत् आर्थिक प्याकेज र इयुको औपचारिक सदस्यता वार्ताका साथ छलफल गर्नुहुनेछ । 

ओर्बानले दुवै विषयमा भिटो लगाउने धम्की दिनुभएको छ । रुसले किएभमाथि चौतर्फी आक्रमण सुरु गरेको करिब दुई वर्षपछि युक्रेन र उसको छिमेकी माल्दोभाले इयुको सदस्यता पाउने अपेक्षा गरेको शिखर सम्मेलनलाई उक्त भिटोले असफल बनाउने छ । 

जेलेन्स्कीको युद्धकालीन प्रशासनले भ्रष्टाचारसँग लड्नका लागि पर्याप्त काम नगरेको तर्क दिँदै हङ्गेरीले इयुको सदस्यताका लागि किएभको कदममाथि सैद्धान्तिक आपत्ति रहेकामा जोड दिएको छ । ओर्बानले बुधबार युक्रेनसँग इयुको सदस्यता वार्ता सुरु गर्ने विषयमा उसको विरोध दोहोर्याँदै यसलाई ‘भयानक गल्ती’ भन्नुभएको छ । जेलेन्स्कीले यसबीचमा उहाँले ओर्बानसँग ‘अत्यन्त रचनात्मक बैठक’ हुने आशा गर्दै भन्नुभयो, “किनकी हामीसँग साझा सीमाहरू छन् ।”रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button