तपाईँ सुन्दै हुनुहुन्छः

हिमाल किन काला हुँदै छन् ?

कास्की । सोमबार पोखराको पर्वतीय सङ्ग्रहालयमा उपस्थित भएका सहभागीहरूको एउटै प्रश्न थियो हाम्रा हिमाल किन कालो चट्टानमा परिणत हुँदै छन् ? शुक्रवार देखि पोखरामा जारी आठौँ पर्वतीय महोत्सवमा हिमाल किन दिन प्रतिदिन काला पहाडमा परिणत हुँदै छ भनेर सामूहिक छलफल आयोजना गरिएको थियो । 

कार्यक्रममा डा.घनश्याम गुरुङले भारतीय घुलो धुवाले नेपालको हिमालमा असर गरेको बताउनु भयो । उहाँले मानव समाज र यसका आयामहरू जीवित राख्न समुन्द्रमा हुने ३० प्रतिशत विशेषताहरू जीवित राख्न आवश्यक रहेको औँल्याउनु भयो । नेपालका हिमाल जोगाउन यस्को क्षतिबाट बच्न नेपाल सोलार र इभि तिर जाने नीतिको तत्काल कार्यान्वयन तर्फ जोड नदिने हो भने धेरै खतराका घण्टीहरू नेपालमा बज्ने तर्फ सबै सचेत रहन आवश्यक रहेको बताउनु भयो । नेपालमा जलवायु परिवर्तनका कारण पानीका स्रोतहरू घट्दै गएकाले भविष्यमा ठुलो संकट आउन सक्ने बताउनु भयो । 

पत्रकार कुन्द दीक्षितले जलवायु संकट भन्दा पनि पानीको सङ्कटले नेपाललाई धेरै समस्या पार्ने  बताउनु भयो । उहाँले जलवायु परिवर्तनलाई वातावरणीय , आर्थिक र राजनीति कारणहरू बारे समेत खोज्न आवश्यक रहेकोमा जोड दिनु भयो । उहाँले नेपालले प्रयोग गरेको खनिज तेलको आयातलाई घटाउन भन्दा पनि हामी आफैलाई बचाउन तर्फ नवीकरणीय ऊर्जा तर्फ सरकारको ध्यान जानु पर्ने बताउनु भयो । जलवायु परिवर्तन सरकारलाई निहुँ मात्र भएको भन्दै जलवायु संकट भन्दा ५० वर्ष अगाडी देखि कृषिमा संकट आएकोमा गम्भीर बन्नु पर्ने वेला आएको बताउनु भयो । 

इभिमोडमा लामो समयदेखि कार्यक्रमरत डा.अमिना महर्जनले नेपालमा सिजनको वेलामा देखिने हिमाल पनि आज भोली देखिन छाडेको बताउनु भयो । जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा समेत समस्या देखिएको बताउनु भयो । हिमाली क्षेत्रमा समेत डेङ्गु देख्नु जलवायु परिवर्तनको असर रहेको बताउनु भयो । 

अर्का वक्ता खाद्य सुरक्षा र कृषिमा लामो समय अध्ययन गर्नु भएका पोखरा लेकसाइडका  डा. जगन्नाथ अधिकारीले फेवा तालको पानी खाएर हुर्के भए पनि हिमाल र पानी बिचको सम्बन्ध निकै गहिरो रहेको बताउनु भयो । हिमाली क्षेत्रमा  तापक्रम धेरै परिवर्तन हुँदै गएकोले वेला वेलामा हिम पहिरोहरू आउन थालेको बताउनु भयो । पछिल्लो समय त हिमालमा जाडो समयमा समेत हिउँ पग्लन थालेको बताउनु भयो । उहाँले भन्नु भयो “पानी पर्ने वातावरण परिवर्तन हुन थाल्यो प्राकृतिक क्यालेन्डर आज भोली फेल खान थाल्यो” । जलवायु परिवर्तनले नयाँ नयाँ अवसरहरू समेत सिर्जना गर्दै गएको बताउनु भयो । 

मुस्ताङ बराहा मुत्तिक्षेत्र गाउँपालिका ४ का स्थानीय खोम्वु गुरुङले भन्नु भयो अहिले वर्षा नै नहुने क्षेत्रमा धेरै वर्षा हुन थाल्यो गएको कागबेनी बाढीले गुरुङको ३ ओटा घर समेत बगाएर लगेको बताउनु भयो । 

कार्यक्रममा सहभागी बत्ताहरूले पानी,तापक्रम, धुवाँ धुलो , चुरे र महाभारतका कारण हिमालहरू काला हुँदै गएको बताएका थिए । हिमाल काला पत्थरमा परिणत हुँदा पानीका मुहानहरू सुक्दै गएकाले जीवन शैलीमा परिवर्तन गर्नु आवश्यक रहेकोमा जोड दिएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button