तपाईँ सुन्दै हुनुहुन्छः

पुम्दीकोटमा सुमेरु पर्वत निर्माण

पोखरा । पोखरा २२ मा रहेको विशाल महादेव मूर्ति परिसरमै क्षेत्रमै अर्को पर्यटकीय गन्तव्य सुमेरु पर्वत निर्माण गरिएको छ ।

पुम्दीकोट कोट विकास समितिले कुमार पार्वती मूर्तिसहित अन्य भौतिक संरचना निर्माण गरी सुमेरु पर्वतको रुपमा स्थापना गरेको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो ।

सुमेरु पर्वत निर्माणका लागि करिब दुई करोड खर्च भइसकेको बताउँदै उहाँले उक्त परियोजनामा बाँकी ३ करोड लगानी थप आवश्यक भएको बताउनुभयो ।

पोखरामा आउने पर्यटकहरूलाई साँझमा लेजर लाइट मार्फत महादेवको मूर्तिलाई पर्दा बनाई शिव ताण्डव नृत्य, महादेवको शिव लिला समेत प्रदर्शनी गरिने परिकल्पना गरिएको अध्यक्ष बरालको भनाई छ ।

परियोजनाका परिमार्जित गुरुयोजनामा सुमेरु पर्वत नामकरण गरी भूमेश्वर महादेव देखि सुमेरु पर्वतसम्म पंहुचका लागि विद्युतीय चियर कार, ग्रिनेरी पार्क, व्यवस्थित पार्किङ स्थल निर्माण गर्ने विषयहरू समेटिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button