तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न

काठमाडौँ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ। बैठकले देश राजनीतिक, सामाजिक, आर्थिक रूपले सङ्कटपूर्ण अवस्थामा रहेको  र शासन व्यवस्था असफल भइसकेको निष्कर्ष निकाल्दै आन्दोलनको अपरिहार्यतामा जोड दिएको छ। 

बैठकले राजसंस्था, हिन्दु राष्ट्रको पुनःस्थापना, सङ्घीयता खारेजीको पक्षमा एवं सुशासन र जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जन सहित पारित गरेको छ र सो प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने अनुमति प्रदान गरेको छ। 

त्यस्तै बैठकले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तहमा र सबै तहमा उत्सवको रुपमा मनाउने निर्णय गरेको छ। आगामी राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी हुने, यस सम्बन्धमा अन्य दलसँग आवश्यक सहयोग जुटाउन, संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजङ्ग गुरुङलाई जिम्मेवारी दिइएको छ।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठक पुस १, २ र ३ गते काठमाडौँमा बस्नेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button