तपाईँ सुन्दै हुनुहुन्छः

अब राजनीतिक दलहरू विकास निर्माणमा लाग्नुपर्छ : अध्यक्ष ओली

बागलुङ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब राजनीतिक दलले पार्टीको मात्रै नभई विकास निर्माणको काम गर्नुपर्ने बताउनुभएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका यात्राका क्रममा बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विकास बिस्तारै विकटका ठाउँसम्म पुगेको बताउनुभयो । अहिलेसम्म विकासले नजोडिएका ठाउँमा तत्काल जोड्नतर्फ लाग्नुपर्ने भन्दै अब गाउँलाई प्रविधिसँग जोड्न जरुरी रहेको उहाँले बताउनुभयो ।

एमालेले मध्य पहाडको अवस्था बुझेर विकासका लागि खाका तयार गर्न झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि यात्रा थालेको बताउनुभयो । यात्राका क्रममा धेरै ठाउँका विकास हुँदै गएको देखेको अध्यक्ष ओलीको भनाइ छ ।

मङ्सिर १४ गतेदेखि सुरु भएको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी लोकमार्ग यात्राको क्रममा एमालेको टोली बुधबार पश्चिम बागलुङ आइपुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button