तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका ७१ वटा सीमा स्तम्भको मर्मत कार्य सुरु

बाँके ।नेपाल(भारतको दशगजा क्षेत्रमा जीर्ण अवस्थामा रहेका सीमा स्तम्भको मर्मत सम्भार कार्य शुभारम्भ गरिएको छ। बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपालका तर्फबाट मर्मत सम्भार गर्नुपर्ने ७१ वटा पिलरको मर्मत कार्यको शुभारम्भ गर्नुभएको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेको आयोजनामा सीमा स्तम्भका मर्मत सम्भारको काम शुभारम्भ गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

भारतसँग जोडिएको बाँकेको सीमा क्षेत्रमा रहेको ६५१ (११) नम्बरको सीमा स्तम्भको मर्मत सम्भारको काम शुभारम्भ गर्दै प्रमुख जिल्ला जिल्ला अधिकारी पोखरेलले यस अघि नापी विभागबाट मर्मत सम्भारको कार्य हुने गरेकोमा २०७७ साउन १९ को मन्त्रीपरिषद्को निर्णय अनुसार सो जिम्मेवारी सशस्त्र प्रहरी बलतर्फ सरेको जानकारी दिनुभयो। उहाँले सशस्त्र प्रहरी बलको जिम्मेवारी क्षेत्रमा आए पछि बाँकेमा पहिलो पटक सीमा स्तम्भको मर्मत सम्भारको काम शुरु भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button