तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भारत सीमास्तम्भ मर्मत कार्य सुरु

दाङ । लुम्बिनी प्रदेश दाङ जिल्लाको  नेपाल–भारत छुटाउने नेपाल सीमास्तम्भको (पिल्लर)  मर्मत  तथा रङ्गरोगन कार्य सुरु भएको छ।  

नेपाल–भारत सीमामा रहेका सीमास्तम्भको मर्मत तथा रङरोगन कार्य  गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले रङरोगन गरेर शुभारम्भ गर्नु भएको हो । 

लुम्बिनी प्रदेशको दाङ जिल्लाको कुल ७६ पिल्लरमध्ये जोर सङ्ख्या भारत र बिजोर सङ्ख्या नेपालले मर्मत तथा रङरोगन गर्ने सशस्त्र प्रहरी बल दाङका प्रमुख गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालले ३५ वटा पिल्लरको मर्मत तथा रङरोगन गर्ने जानकारी दिँदै प्रमुख श्रेष्ठले सन् २०१४ भन्दा पहिलेका पिल्लर मर्मत सम्भार नहुने बताउनु भयो । 

सरकारको निर्णयअनुसार मंगलबारबाट लुम्बिनी प्रदेशको दाङ जिल्लामा रहेका सीमास्तम्भ मर्मतको काम सशस्त्र प्रहरी बलले सुरु गरेको हो ।

मन्त्री परिषद्को निर्णय अनुसार सीमा पिल्लर  मर्मत तथा रङरोगन कार्य सुरु गरेको सशस्त्र प्रहरी बल दाङका प्रमुख गोपाल श्रेष्ठले बताउनु भयो  ।

भारतको तर्फबाट सशस्त्र प्रहरी बल बलरामपुर जिल्लाका डिएसपी आर के तेज कुमार, नेपालका तर्फबाट सशस्त्र प्रहरी बल दाङका प्रमुख  गोपाल प्रसाद श्रेष्ठ, प्रस्तावित सीमा सुरक्षा बल गुल्म कोइलाबासका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष विर सिंह, इलाका प्रहरी कार्यालय कोइलाबासका प्रहरी नायव उपरीक्षक कुमार केसी लगायतको उपस्थिति रहेको थियो ।

भारत छुटाउने ५९९र५ ९३८० नम्बरको पिल्लरको रङरोगन गरेर मर्मत सुरु गरिएको सर्वेविभाग नेपालका सर्वे अधिकृत पवन कुमार खत्रीले जानकारी दिनु भयो । सर्वेअधिकृत खत्रीका अनुसार सन् २०१८ मा सम्पन्न नेपाल–भारत बाउन्ड्री वर्किङ ग्रुपको बैठकअनुसार सन् २०१४ पछि मर्मत तथा निर्माण भएकामध्ये जोर नम्बरको सीमास्तम्भ भारतीय सशस्त्र सीमा बल बिजोर नम्बरको सीमास्तम्भ सशस्त्र प्रहरीले मर्मत गर्ने निर्णय भएको थियो त्यै अनुसार काम अघि बढाएको बताउनुभयो ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र ८ नम्बर वडाध्यक्ष खालिक सिद्दिकीले रङरोगन गरेर शुभारम्भ गरेका हुन् । 

 मर्मत तथा रङरोगन नेपालको काम नेपालको दाङ जिल्ला र भारतको बलरामपुर र श्राबस्ती जील्लासँग सटेको सीमा स्तम्भहरूको हुने बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button