तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिबास पुग्नुभयाे प्रधानमन्त्री दाहाल

बर्दिबास ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महोत्तरीको बर्दिबास आइपुग्नुभएको छ । 

पार्टीको तीन महिने रूपान्तरण अभियान अन्तर्गत मधेश प्रदेशको समीक्षा गर्न प्रधानमन्त्री दाहाल महोत्तरीको बर्दिबास आई पुग्नुभएको माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ । 

अहिले महोत्तरीको बर्दिबास स्थित माईस्थान पंञ्चधुरा पार्टी प्यालेसमा केन्द्रिय सदस्यहरुसगँ बैठक प्रारम्भ भएको छ । बैठकबाट नै रूपान्तरण अभियानका क्रममा जिम्मेवारी पाएका ८ वटै जिल्लाका इन्चार्जहरुसगँ रिपोर्टिङ लिने कार्यक्रम रहेको पोलिटब्युरो सदस्य राजु खडकाले जानकारी दिनुभयो । 

बर्दिबासको कार्यक्रम पश्चात् प्रधानमन्त्री  दाहाल महोत्तरी कै गौशाला नगरपालिकामा हुने पार्टीकै कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । 

उहाँले गौशालामा १८ सय कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ । केही भेटघाट बाहेक प्रधानमन्त्री प्रचण्ड नितान्त पार्टीको छलफल र समीक्षामा मात्र सहभागी हुने कार्यक्रम रहेको खड्काले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button