तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेश सरकारमा तीन मन्त्रीलाई जिम्मेवारी

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको छ ।

मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६८को उपधारा (९) बमोजिम कार्य विभाजनसहित जिम्मेवारी हेरफेर गर्नुभएको हो ।

कार्य विभाजनअनुसार मन्त्री शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मन्त्री गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र मन्त्री कमलप्रसाद जवेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । बाँकी मन्त्रालयहरू मुख्यमन्त्री कार्कीले राख्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button